देशभरका दुई सय नमुना आयोजनामा सल्यान ,पाउने भयो चार करोड बढि बजेट

19

सल्यान,१ फागुन। सरकारले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले प्रदेश र स्थानीयतहसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न देशभरका दुई सय नमुना आयोजना छनौट गरेको छ । उक्त छनौट आयोजनामा सल्यानको कुपिण्डे ताल पनि परेको छ।

बनगाड कुपिण्डे नगरपालिकामा रहेको सल्यानको प्रसिद्ध कुपिण्डे ताल पूर्वाधार विकासका लागी मन्त्रालयले रु ४४३००००० बजेट छुट्याएको छ। लागत अनुमान रु ६८१००००० गरेपनि मन्त्रालयले चार करोड त्रिचालिस लाख मात्र उपलब्ध गराएको छ।

संस्कृति, पर्यटन तथा नगरिक उड्यनमन्त्री भानुभक्त ढकालले पू्र्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७अनुसार प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा काम गर्नेगरी दुई सय आयोजना छनौट गर्नुभएको हो।

सल्यानको प्रसिद्ध पर्यट्किय स्थलका रुपमा चिनिने कुपिन्डे तालमा पूर्वाधार विकास हुन नसक्दा पर्यटन को सख्या न्युन रहेको छ। यो कार्यक्रमको सहयोग ले पर्यटक को सख्या बढाउने आशा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्