सल्यान,१ फागुन । नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ५७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । हाल नेपालमा १ हजार ६ सय ३१ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १ हजार ९ सय जनाको पिसिआर परीक्षण गरिएको छ ।