नेपालमा कन्डमको प्रयोग सन्तोषजनक हुनसकेन:जनचेतनाको अवश्यक्ता

27

 

काठ्मान्डौ,२ फागुन।चिकित्सकहरुले नेपालमा कन्डमको प्रयोग सन्तोषजनक हुन नसकेको बताएका छन् ।

अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा आइतबार राजधानीमा भएको एक कार्यक्रममा चिकित्सकहरुले कन्डमका फाइदा धेरै हुँदा पनि यसको प्रयोग न्यून भएको बताएका हुन् ।

उनीहरुले कन्डम परिवार नियोजनको अस्थायी साधनमात्रै नभई अनिच्छित गर्भसमेत रोक्ने स्पष्ट पारे । त्यस्तै कन्डमको प्रयोगले असुरक्षित यौन सम्पर्कबाट हुने एचआईभी एड्स संक्रमण तथा यौन रोग हुनबाट समेत जोगाउने उनीहरुको जोड रहेको छ ।

एड्स हेल्थकेयर फाउन्डेसन ९एएचएफ० नेपालले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सूधा देवकोटाले कन्डमको प्रयोग बढाउन देशव्यापी जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

उनले सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायबीच समन्वय र सहकार्यमा कन्डमको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् ।

‘कन्डम प्रयोगका बहुफाइदा छन्’, निर्देशक डा. देवकोटाले भनिन्, ‘तर नेपालमा यसको प्रयोग न्यून छ । त्यसैले सबै पक्षबीच सहकार्य र समन्वय गरेर कन्डमको प्रयोग बढाउनेबारे देशव्यापी जनचेतना फैलाउनुपर्छ ।’
त्यस्तै केन्द्रकै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले जनचेतनाको अभावले नेपालमा अझै कन्डमको सही प्रयोग हुन नसकिरहेको बताए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्