‘ओली पक्राउ पर्ने दिन आउँदैन भन्न सकिँदैन। आउँन सक्छ नि१ हिजो बर्मामा त्यहाँको प्रधानमन्त्रीलाई नजरबन्द राखिएको छ। हामी आन्दोलन गरिरहेका बेलामा घटना घटेको छ,’ पाण्डेले भने, ‘ओलीको दिन पनि धेरै टाढा छैन। आउन सक्छ।’ गलत कुरा धेरै दिन टिक्न नसक्ने पाण्डेको भनाइ छ।
‘रामकुमारी झाक्रीले बोलेकै कारणले उहाँमाथि आक्रामण गर्ने कोसिस गरियो। जनताको तागतले पुलिस प्रशासनले थुनेर राख्ने क्षमता ओली सरकारमा थिएन। त्यसकारण रिहाई गर्न बाध्य भयो,’ पाण्डेले भने, ‘हामी सबै आन्दोलनकारी रिहाइको पक्षमा थियौँ। प्रहरी थानामा स्वमय म आफै पुगेको थिए। मसँग प्रहरीका प्रमुखले हामीले छोड्छौ भन्नुभयो।’
प्रहरी प्रशासनले कानुन बनाउने प्रतिनिधिलाई कसैको जिम्मा मात्रै छोड्नुपर्छ भन्ने विषयलाई प्रतिरोध गरेको पाण्डेले बताए। ‘झाक्रीजी ‘ल मेकर’लाई तपाईंले कसैको जिम्मा लगाउन पाइन्छ। उहाँ एक प्रकारले सांसद नै हो। संसद् पुर्नबाहाली हुँदा बित्तिकै सांसद् हो। कानुन बनाउने मान्छेलाई कानुनको पाठ पढाउनेरु घरबाट जसरी ल्याउनुभयो त्यसरी छोड्नु पर्छ भनेपछि छोडियो।’
Source; Nepal live