पछिल्लो २४ घण्टामा ८८ जना कोरोना संक्रमित पुष्टि

सल्यान,८ फागुन ।पछिल्लो २४ घण्टामा ८८ जना कोरोना संक्रमित फेला परेका छन् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार देशभर ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालको कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या १३६ छ । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६९ हजार ७५५ छ ।

देशभर सक्रिय संक्रमितको संख्या १३५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भएको छैन।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्