रेडियो शारदाको १३औँ वार्षिकोत्सव सम्पन्न

16

सल्यान, १२ फागुन । रेडियो शारदा एफ एम ९९.२ मेगाहर्ज सल्यानको १२ औँ बार्षिकोत्सव एक अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ । ग्रामिण विकास सञ्चार केन्द्र द्वारा संचालित रेडियोले बार्षिकोत्सवका अबशरमा दिगो विकासमा सामुदायिक रेडियोको भुमिका बिषयक अन्तरक्रिया गरेको हो ।

आमनागरिकलाई सुसुचित गर्ने दायित्व सञ्चार जगतको भएकाले सरकारले लिएको दिगो विकासको लक्ष्य प्राप्त गर्नको लागी पत्रकारिता क्षेत्रले पनि मद्धत गर्ने उनीहरुले बताएका हुन् ।
स्टेशन म्यानेजर प्रतीक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्ट, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशव सिंह श्रेष्ठ, जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारी, सल्यान प्रहरी प्रमुख गोबिन्द थापा, डिभिजन बन कार्यालय सल्यानका प्रमुख रमेश गिरी, जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साह, सामुदायिक रेडियो प्रसारक संघ अकोराव कर्णाली प्रदेश अध्यक्ष रमेशकुमार गौतम लगाएतका वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए।

प्राविधिक गोपाल शर्माको स्वागत मन्त्व्यबात सुरु भएको कार्यक्रमको सहजिकरण सरीता चलाउनेले गरेकाी थिईन ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्