मन्त्रि ज्वालाले गरे स्वस्थ्य चौकि भवनको उद्घाटन

24

सल्यान,१४ फागुन । शारदा नगरपालिका ११ हिवल्चामा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन भएको छ । नवनिर्मित स्वास्थ भवनको उद्घाटन बिहिवार कर्णाली प्रदेशका अर्थिक मामिला योजना मन्त्री प्रकाश ज्वालाले गरेका हुन।
२ करोड २२ लाखको लागतमा हिमदुङ एन्ड थोकर कम्पनी प्राली काठ्माण्डौले भवनको निर्माण गरेको हो ।
मुल विषय स्वास्थ भएकाले पहिले स्वास्थ्य लाई प्रथामिक्ता दिनु पर्ने
मन्त्री ज्वालाको भनाई रहेको थियो । आधुनिक स्वास्थ्य भवनले स्वास्थ्यको आधार बनेको बताउदै उनले अब स्वास्थ्य चौकीको लागि आवश्यक पर्ने क्रमशः जनशक्ति, औषधि र उपकरणको पनि ब्यबस्थापनमा सहयोग गर्ने बताए ।

यस्तै श्रिनगर देखि खैराबाङ सम्म पर्यटन सडक निर्माणको लागि ५ करोड बजेट बिनियोजन भएको र आफ्नो कार्यकालमा काम सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

शारदा नगरपालिका ११ का वडाध्य्क्ष तथा वडा स्वास्थ्य समिति अध्यक्ष रामसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेताहरू रमेश गौतम, नवीन भडेल, यौवनप्रकाश श्रेष्ठ तथा नेपाली कांग्रेस जिल्ला सदस्य दिपक शर्माको उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्