नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव,हल्का वर्षा देखि च्ट्याङ्को सम्भावना

14

सल्यान,१५ फागुन ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाले मौसमबारे जानकारी गराउँदै हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जनाएको छ ।
हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको रतराइका थोरै स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
यता, पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।
यस्तै, आज राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्