दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक

सल्यान,१६ फागुन। दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको देखाएको हो । अध्ययनमा माल्दिभ्सको बारेमा भने कुनै उल्लेख गरिएको छैन ।

ग्लोवल पिस इन्डेक्स २०२० अनुसार यस क्षेत्रको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त मुलुक अफगानिस्तान हो ।
सो संस्थाको विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्थानमा रहेको छ भने नेपाल ७३ औं स्थानमा छ । सन् २०१९ मा नेपाल ७६ औं स्थानमा थियो ।

दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा रहेका छन । समग्रमा सन् २०२० मा दक्षिण एसियामा शान्तिको वातावरणमा केही खल्बलिएको सो अध्ययनले उल्लेख गरेको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्