नेपालमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

13

सल्यान,२२ फागुन। नेपालमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ३५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर आठ सय १७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ६२ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७० हजार आठ सय २८ पुगेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्