सल्यान,८ चैत ।सल्यानमाआज एकजनालाई करेन्ट लागेको छ । आज दिउँसो छत्रेश्वरी गाउँपालिकाको भोटेचौरमा टेलिफोन जडान गर्ने क्रममा कर्मचारी ४५ बर्षिय लोकमान ओलीलाई करेन्ट लागेको हो । करेन्ट लागे लगतै उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो ।
जिल्ला अस्पताल सल्यानबाट उनलाइ थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको छ । घाइते ओलीको छाती, खुट्टा लगाएतको शरिरको भाग जलेको छ ।
मनोहर मिडिया प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com शारदा नगरपालिका १२ सल्यान बाट संचालन भइ नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।