सार्वजनिक स्थलमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

17

सल्यान,१२ चैत ।जिल्ला प्रशासन कार्यालय सल्यानले सार्वजनिक ठाउँहरुमा भिडभाड नगर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण बढदै गएका कारण जिल्लामा पनि सार्वजनिक स्थानहरुमा भिडभाड नगर्न प्रशासनले आग्रह गरेको हो ।

प्रशासनले एक सुचना जारी गर्दै छिमेकी देश भारतमा कोरोना संक्रमण तिव्र रुपमा वृद्धि हुँदै गएकोले सम्भावित संक्रमण देखिन सक्ने भएकाले सहज रहन आग्रह गरेको हो ।
आउँदै गरेको होली पर्व लगायतका चाडपर्वमा भिडभाड नगर्न, घर बाहिर निस्किदा वा यात्रा गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने, सेनिटाईजर लगाउने तथा सामाजिक दुरी कायम गर्ने, यदि मास्क नलगाएर हिडेको पाइएमा संक्रमण रोग एन २०२० बमोजिम कारवाही गर्ने बताइएको छ ।

यसैबीच जिल्ला भित्रिने मुख्य नाका कपुरकोट, कालीमाटी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको बालुवा संग्रहरी नाकामा कडाई गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि होमागाईले बताइन । उनका अनुसार उक्त नाकाहरु बाट भित्रने व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने र
जिल्लामा आरडिटिको मात्रा कम भएकाले स्वास्थ्य निर्देशनालय सुर्खेतमा माग गर्ने निर्णय भएको प्रजिअ होमागाइले बताइन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्