दुई हजार १०१ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण

21

सल्यान,१५ चैत । । गत २४ घण्टामा दुई हजार १०१ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । हाल क्वारेन्टाइन ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् ।

विगत २४ घण्टामा ९५ जना संक्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्