भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना पुष्टि

21

सल्यान,१७ चैत । नेपालगञ्ज नाका भएर भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना पुष्टि भएको छ। भारतको मुम्बईबाट आएका दैलेखका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

नेपाल भारत सीमास्थित जमुनाहा नाकामा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा उनमा मंगलवार दिउँसो कोरोना देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।

यसअघि रोल्पा र बर्दियाका दुई जना पुरुषलाई पनि कोरोना देखिएको थियो। नेपालगञ्ज नाकाबाट मंगलवार ९० जना पुरुष, ३१ जना महिला र ९ जना बालबालिका गरी जम्मा १ सय ३० जना नेपाल प्रवेश गरेकोमा ७ जना शंकास्पदको एन्टिजेन परीक्षण गरिएको वलीले जानकारी दिए।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्