दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको दोस्रो चरणको खतरा

15

काठमाडौँ,१८ चैत । छिमेकी राष्ट्रहरु विशेषगरी भारतमा दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको दोस्रो चरणको खतरा रहेको विज्ञहरु बताउँछन् ।

बुधबार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा बोल्दै चिकित्सक विराज कर्माचार्यले गएका केही हप्तामा हाम्रा छिमेकी राष्ट्रहरुमा देखिएको बढ्दो कोरोना संक्रमणले नेपालमा पनि खतरा बढेको बताउनुभएको छ ।

यस्तै उहाँले हाम्रो देशमा पनि दास्रो चरणमा संक्रमण फैलिने सम्भावना रहेकाले हामी सतर्क रहन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ूयति भन्दैमा हामी डराउनुपर्दैन तर चनाखो भने हुनुपर्छ । पहिलो चरणको संक्रमणको रोक्नमा हामी जसरी सफल रह्यौँ त्यसरी नै दोस्रो चरणको संक्रमण आएमा त्योभन्दा पनि सफल हामी हुन सक्छौं ।ू

यस्तै डा.कर्माचार्यले यदि दोस्रो चरणको संक्रमण आएमा सबैभन्दा पहिले जेष्ठ नागरिकलाई जोगाउनुपर्ने र त्यसपछि दिर्घ रोगी एवं गर्भवती महिलालाई जोगाउनुपर्ने बताउनुभयो । जिम, विद्यालय, कार्यालय, यातायात, भोजनालय, अस्पतालजस्ता स्थानहरुमा जनस्वास्थ्यका प्रावधानहरु अपनाउनुपर्ने उहाँको भनाई छ ।

यस्तै सकभर भिडभाड कम गर्ने, मिलेसम्म भेन्टिलेसनको राम्रो व्यवस्था गर्ने, एकैठाउँमा भेला भइराख्न पर्दैन भने ती कुराहरु कम गरेर पनि संक्रमणमा नियन्त्रण ल्याउन सकिने उहाँले बताउनुभयो ।

यस्तै उहाँले विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने, स्वास्थ्य सेवाहरु तयारी अवस्थामा राख्ने, परीक्षणको क्षमता वृद्धि गर्ने, जनस्वास्थ्यको मापदण्ड लागु गरेर पनि दोस्रो चरणबाट हुने क्षतिलाई ज्यादै न्युनीकरण गर्ने सकिने बताउनुभयो ।

एजेन्सीको सहयोगमा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्