सल्यान,२१ चैत ।पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १६१ जना संक्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७३ हजार १२३ जनाले कोरोना संक्रमणलाई जितेका छन् । नेपालमा हाल १६१३ जना आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ८१ हजार ८३२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
मनोहर मिडिया प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com शारदा नगरपालिका १२ सल्यान बाट संचालन भइ नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।