शारदा नगरपालिकाको १३ न.वडामा अस्थायी प्रहरी पोस्टको स्थापनाःनगरपालिका द्धारा मोटरसाईकल दिईने

47

सल्यान,२२ चैत ।शारदा नगरपालिका वडा नम्बर १३ अन्तर्गत स्यानिखालमा शनिबार  अस्थायी प्रहरी पोस्टको स्थापना गरिएकोछ।बिगत ३ वर्ष देखिको स्थानिय जनप्रतिनिधी,शारदा नगरपालिका र स्थानिय प्रशासनको अथक प्रयास पछि उक्त प्रहरी पोस्टको स्थापना सम्भव भएको हो।
प्रहरी पोस्ट उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख सुरेश अधिकारिले आफुले भोट माग्न आउदा गरेको बाचा पूरा गर्न सफल भएकोमा खुशी लागेको भन्दै पोस्ट स्थापनामा सहयोग पुर्याउने स्थानिय प्रशासन देखि गृह मन्त्रालय सम्म सवैलाइ धन्यवाद व्यक्त गरेका हुन।अधिकारिले प्रहरी जनताको साथी भएको भन्दै सुरक्षा व्यवस्था न्याय पुर्ण सन्चालन गर्न प्रहरी लाई र सुरक्षाकर्मी लाई सहयोग पुर्याउन स्थानिय बासिन्दा लाई अनुरोध गरे।उनले भने पोस्टमा कार्यरत सुरक्षाकर्मी हरुलाइ यातायातमा सहयोग पुर्याउने उद्धेश्यले नगरको तर्फ बाट एक थान मोटर साइकल उपलव्ध गराउने पनि वाचा गरे।
कार्यक्रममा शारदा नगरपालिकाकी उपप्रमुख साबित्रा बस्नेत,प्रमुख जिल्ला अधिकारी लक्ष्मी देबि हुमागाइ,जिल्ला प्रहरी प्रमुख गोबिन्द बहादुर थापा र शारदा नगरपालिकाका प्रवक्ता दिपक हमाल लगाएतकाले आफ्नो मन्तव्य राखेका थिए।
शारदा नगरपालिका १३ का वडा अध्यक्ष तुलसिराम रावतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नेव बहादुर वस्नेतको स्वागत मन्तव्य रहेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्