सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु

729

 

पुस्कर विहानि/सल्यान,२२ चैत । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानं ४ भेरीखोर नीबासी ४८बर्षिय भिम बहादुर वली को भिरबाट खसेर मृत्यु भएको छ।
उनि चैत्र २१गते आफ्नो साइँलो भाई हरिप्रसाद वली को पाली छुवाउनको लागि चाख्ले गएको साथै सांझ करीब ६ बजे आफ्नो घर फर्किदा सोही क्रममा जिम जनप्रेम समुदायक वनको झाँक्री सल्ला भन्ने भिर बाट खसेको थिए।
बुवा घर किन आयन्न भनि १२बर्षिय छोरी अमृता वली अंकलको घरमा खोज्न आउदा चैत्र २२ गते बिहान ९ बजे मृत अवस्थामा फेला पारेको थिए।

इलाका प्रहरी कार्यालय लुहाम बाट प्रहरी निरीक्षक श्याम प्रशाद यादव को नेतृत्वमा प्रहरी टोली घटनास्थल मापुगि घटना मुचुल्का गरी पोस्टमार्टम को लागि जिल्ला अस्पताल सल्यानमा पठाईएकोछ।
मृतकका १२ बर्ष की छोरी अमृता वली ११ वर्ष को छोरा मोहन वली, ८ बर्ष को छोरा तिलक वली र ५ बर्ष की छोरी जानकी वली गरी ४ जना छोरा छोरी रहेका छन्। भने ति बालबालिका हरू को आमा को विगत २बर्ष अगाडि मृत्यु भईसकेको बताईएको छ।

पारिवारिक आर्थिक समस्या र बिकटको बस्ती को कारण ति टुहुरा र अनाथ बालबालिका संरक्षण मा निकै समस्या उत्पन्न भएको र अनाथ बालबालिका हरू को शिक्षा, स्वास्थ्य, र खानपान को लागि छत्रेश्वरी गाउँपालिका का साथै
सरकारी तथा गैरसरकारी संघ संस्था लाई सहयोगरीदिनको लागी वडा अध्यक्ष नेब बहादुर खड्काले सबैमा अपिलसमेत गरेका छन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्