जेठ असार सम्म कोरोना संक्रमित उच्च विन्दुमा पुग्ने:स्वास्थ्य मन्त्रि त्रिपाठि

19

काठमाडौं,२३ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालन नगरे जेठ(असारसम्म कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने चेतावनी दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री त्रिपाठीले आजमात्रै चार हजारको पीसीआर परीक्षण गर्दा दुई सयभन्दा बढीमा कोरोना पुष्टि भएकोसमेत जानकारी दिए।

‘बिस्तारै हामी संक्रमणको उच्च जोखिममा जाँदैछौं भन्ने देखिएको छ। अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने जेठ–असारसम्म कोरोना संक्रमणदर उच्चविन्दुमा पुग्नसक्छ,’ उनले भने।
उनका अनुसार आज गत २४ घण्टामा ४५ सय ३६ को पीसीआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको छ। जसमध्ये १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको छ।
उनले अहिले नेपालमा आतंकित हुने अवस्था नभएको तर, सतर्क र संवदेनशील हुन आवश्यक रहेकोसमेत औँल्याए। ‘कोरोनाबाट हामी सबै संवदेनशील होऔं। आ–आफ्नो पालोमा अनिवार्य खोप लगाऔं, अरुलाई खोपबारे सत्यतथ्य जानकारी दिऔं, खोप लगाइसकेपछि अनिवार्य मास्क लगाऔं र पटकपटक हात धोएर कोरोना लडाइमा साथ दिऔं ,’ उनले भने ।

मन्त्री त्रिपाठीका अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य छ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्