कोरोनाका कारण सल्यानका एक युवकको मृत्यु

114

सल्यान,२७ चैत ।सल्यानका एक युवकको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
रोजगारीको शिलशिलामा भारतको महाराष्ट्रमा पुगेका बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ घाट गाउँका ३० वर्षीय लक्ष्मण विकको कोरोनाका कारण मृत्यु भएको बताइएको छ ।बिगत एक हप्ता देखि बिरामी परेका विकको बिहिवार राती भारतको महाराष्टको नासिक बिट हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।विक विगत साढे दुई वर्ष देखि श्रीमती छोरी सहित नासिकमा बस्दै आइरहेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्