समयमै उद्धार नपाउँदा एक गर्भवति महिलाको मृत्यु

हुम्ला,३० चैत । हवाई उद्धारका लागि जिल्लाको चैखेली गाउँपालिकाले समयमा सिफारिस दिन नसक्दा एक जना महिलाको अकालमा ज्यान गएको छ ।

गएको तिन दिन देखि प्रशव पिडा लागेकी चैखेली–५ नेप्काकी ३७ वर्षिय वेल्कु तामाङलाई थप उपचारका लागि सुर्खेत लिन आवश्यक गाउँपालिकाको सिरफारिस दिन ढिलाई भएपछि आज ९आइतबार० उनको घरमै ज्यान गएको स्थानीय मदन तामाङले जानकारी दिए ।

गाउँमा उपचार नहुने भएपछि हामीले उहाँलाई थप उपचारका लागि सुर्खेत ल्याउने योजना अनुसार विभिन्न निकायमा आज बिहानै देखि खबर गर्यौं’ उनले भने, ‘गाउँपालिकाका अध्यक्षको फोन अफ भएको र अन्य कर्मचारी सम्पर्कमा नआएका कारण राष्ट्रपति महिला उत्थान कार्यक्रममा प्रक्रिया गर्न भएको ढिलाईका कारण हेलिकोप्टर नउठ्दैं गाउँमा उहाँको ज्यान गयो ।’

उनका अनुसार स्थानीय नेप्का आधारभूत स्वास्थ्य केन्द्रले आउँदो वैशाख दोस्रो साता अन्तिम डेलिभरी डेट ९मिति० दिइएकी तामाङलाई तीन दिन अगाडी देखि प्रशव पिडा शुरु भएपनि घरमै राखेर सामान्य उपचार गरिएको थियो ।

तामाङको स्वास्थ्य अवस्था नाजुक भएको खबर पाउने बित्तिकै आफूले हवाई उद्धारका लागि पहल गरेको भएपनि समयमा गाउँपालिकाको सिफारिस नआएका कारण उनको ज्यान बचाउन नसकेको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमूख प्रेमबहादुर सिंहले जानकारी दिए । कार्यालयको कामले कर्णाली प्रदेश राजधानी सुर्खेतमै रहेका सिंहले भने, ‘तीन दिन अगाडीको केस रहेछ हामीलाई आज ९आइतबार० बिहान मात्रै खबर आयो ।’

खबर आउने वित्तिकै आफूले जिल्ला प्रशासन कार्यालय र राष्ट्रपति महिला उद्धार कार्यक्रममा समेत समन्वय गरेको बताएका प्रमुख सिंहले थपे, शुरुमा उद्धार गरिने महिला भएको सम्बन्धित गाउँपालिकाको सिफारिस र निर्णय नभए नेपाली सेनाको हेलिकोप्टर पाठउन नसकिने प्रक्रियागत झण्झटले चंखेली गाउँपालिकाको सिफारिस आउन ढिला गरेकाले बिडम्बना वेल्कुलाई बचाउन सकिएन ।’

हवाई उद्धारका लागि राष्ट्रपति उद्धार कार्यक्रमले स्थानीय तहको पुष्ट्याई नभइ स्विकृत नगर्ने भएकाले पनि समस्या हुने गरेको जनस्वास्थ्य अधिकृत सिंहले स्विकार गरे ।

मृत्यु भएकी तामाङका ५ वटा छोरा र श्रीमान छन् ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्