सरकारले फेसबुकसँग माग्यो ९२१ प्रयोगकर्ताको डेटा

काठमान्डौ,७ जेठ। सरकारले सन् २०२० मा ९२१ जना प्रयोगकर्ताको डेटा फेसबुकसँग मागेको छ । सरकारले कानूनी प्रक्रिया तथा आपतकालीन जानकारीको रुपमा फेसबुकसँग यस्तो विवरण माग गरेको हो ।

फेसबुकले स्थानीय कानून र आफ्नो सेवाको शर्त अनुसार सरकारको आग्रहमा प्रयोगकर्ताको डेटा उपलब्ध गराउँदै आएको छ । कम्पनीले यस्ता हरेक अनुरोधका लागि पर्याप्त कानूनी आधारलाई सावधानीपूर्वक हेर्ने गर्दछ ।

कतिपय अवस्थामा फेसबुकले थप आधार माग गर्ने तथा त्यस्ता अनुरोधलाई अस्वीकार समेत गर्दछ । सन् २०२० को पछिल्लो ६ महिनाको अवधिमा मात्रै सरकारले ५५९ जना प्रयोगकर्ताको डेटा माग गर्दै ४०६ पटक फेसबुकसँग सम्पर्क राखेको छ ।

नेपाल सरकारले फेसबुकसँग माग गरेको प्रयोगकर्ताको विवरण संख्या

स्रोतः फेसबुक ट्रान्सपरेन्सी रिपोर्ट
जब कि वर्षको सुरुवाती छ महिनामा २८३ पटकको अनुरोधमा ३६२ जना प्रयोगकर्ताको जानकारी मागिएको थियो । पछिल्लो पटकको अनुरोधमा ३८० वटा कानूनी प्रक्रियासँग र २६ वटा आपतकालीन खुलासा ९इमर्जेन्सी डिसक्लोजर० सँग सम्बन्धित रहेका थिए ।

कुल अनुरोधमा ६२ प्रतिशतमा फेसबुकले प्रयोगकर्ताको डेटा उपलब्ध गराइएको उल्लेख गरेको छ । फेसबुकले सरकारबाट प्रयोगकर्ताको डेटाका लागि माग भएका अनुरोधहरुलाई समेटेर हरेक छ महिनामा ट्रान्सपरेन्सी रिपोर्ट प्रकाशित गर्दै आएको छ ।

सन् २०२० को पछिल्लो छ महिनाको अवधिमा विश्वभरबाट तीन लाख २० हजार ९२६ प्रयोगकर्ताको डेटाका लागि एक लाख ९१ हजार १३ पटक अनुरोध प्राप्त भएको फेसबुक ट्रान्सपरेन्सी रिपोर्टमा उल्लेख छ । जसमध्ये ७२।३ प्रतिशत अनुरोधमा केही डेटा उपलब्ध गराइएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्