अनैतिक सम्बन्ध खुल्ने डरले प्रेमिले गरे दुई बालकको हत्या

वीरगन्ज,१० जेठ । जेठ ४ गते बारामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका एकै परिवारका दुई बालकको हत्या मृतक बालकहरुकी आमका प्रेमीले गरेको रहस्य खुलेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङगपुर स्थित निर्माणधीन मदर्शा परिसरमा जेठ ४ गते , स्थानीय अब्दुल गफारका छोराहरु ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमीन अन्सारीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

ती दुवै बालकको हत्या सोही गाउँका २५ वर्षीय फरमुल्लाह अन्सारीले आफ्नो र मृतक बालककी आमा बीच अनैतिक प्रेम सम्बन्धको पोल खुल्ने डरले गरेको रहस्य खुलासा भएको हो ।

ती दुवै बालकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको दिन नै जेठ ४ गते प्रहरीले हत्या संलग्न रहेको आशंकामा फरमुल्लाहलाई नियन्त्रणमा लिएको थियो । फरमुल्लाहलाई नियन्त्रणमा लिएपछि पनि प्रहरीले अनुसन्धानका क्रममा करिब ५० जना व्याक्तिसँग सोधपुछ गरेको थियो ।

अनुसन्धानका क्रममा फरमुल्लाहले मृतक बालकका आमा मीना खातुनसँगको आफनो अनैतिक प्रेम सम्बन्धको पोल खुल्ने डरले जेठ ३ गते बेलुकी साढे ७ बज तिर दुवै बालकलाई ललाइ फकाइ गाउँकै मदरशामा लगेर छुराले घाँटी रेटेर हत्या गरेको पुष्टि भएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

मृतक बालकका बुबा अब्दुल गफार बैदेशिक रोजगारीका शीलशीलामा तीन वर्षदेखि कतारमा छन् । घरमा ती दुवै बालक, एक दिदी, एक बहिनी र आमा मीना गरी पाँच जनमा मात्रै बस्दै आएका थिए ।

मीनाका पति विदेशमा रहेको अवस्थामा नातामा देवर पर्ने अभियुक्त फरमुल्लाहले मीनासँग अनैतिक सम्बन्ध राखेको र छोराहरुलाई छाडी दुई छोरीहरुलाई मात्र लिएर भारतमा गएर बस्न दबाब दिँदै आएका थिए ।

तर मीनाले भने छोराहरुलाई छोडेर फरमुल्लाहसँग भारत गएर बस्न मानेकी थिइनन् । त्यसपछि मिनालाई फरमुल्लाहले बदला लिन् धम्की दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

यसै क्रममा मीनाका ती दुवै छाराले आफ्नी आमा र फरमुल्लाह बीचको अनैतिक सम्बन्धका बारेमा पनि थाहा पइसकेका थिए ।

दुवै बालककले ईद पर्वमा बाबु कतारबाट आएपछि सबै कुरा भनिदिने धम्की पनि दिएका थिए । यसका साथै फरमुल्लाहले मृतक बालककी आमा मीनासँग केही रकम ऋण लिएर फिर्ता पनि गरेका थिएनन् ।

दुवै बालकका कारण मीना घर छाडेर भारतमा आफुसँगै जान नमानेको र मीनासँगको अनैतिक सम्बन्धको पोल पनि खुल्ने डर भएपछि फरमुल्लाहले आफ्नो प्रेममा बाधक बनेको भन्दै ती दुवै बालकको हत्या गर्ने सोच बनाएका थिए ।

जेठ ३ गते मीना, माइतीमा एक आफन्तको निधन भएको खबर पाएर जितपुर टेढास्थित माइतीमा गएकी थिइन् । त्यही मौका छोपेर जेठ ३ गते बेलुकी साढे ७ बजे फरमुल्लाहले घरबाट ती दुवै बालकलाई बेलाएर मदरशामा लगेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

जेठ ३ गते बेलुकी दुवै बालकको हत्या गरेपछि घर छाडेर फरार भएका फरमुल्लाहलाई जेठ ४ गते नै प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको थियो ।

फरमुल्लाहलाई नियन्त्रणमा लिएको ५ दिनमा गरिएको अनुसन्धानका क्रममा अभियुक्त आफैँले हत्या गरेको स्वीकार गरेपछि आइतवार प्रहरीले अभियुक्तलाई र घटना विवरण सार्वजनिक गरेको हो ।

मङगलवार बिहान बाख्रा चराउन गएका गाँउका बालकहरुले मदरशा परिसरमा दुई बालकको शव देखेपछि गाँउलेहरुलाई खबर गरेको वडाध्यक्ष मियाले बताए । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा राखिएको छ । अन्नपुर्ण पोष्ट बाट

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्