शारदा नगरपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयले जेठ मसान्ताभित्र नतिजा तयार गर्नुपर्ने

सल्यान,१८ जेठ ।कोरोना संक्रमणका कारण बार्षिक परिक्षा सञ्चालन गर्न नसकिएको भन्दै शारदा नगरपालिका सल्यानले निरन्तर मूल्यांकन र यस अघिका परिक्षाको आधारमा नतिजा प्रकाशण गर्ने निर्णय गरेको छ । सोमवार वसेको नगर शिक्षा समितिको बैठकले विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराई परिक्षा सञ्चालन गर्न नसकिने अबस्था रहेकाले निरन्तर मूल्यांकन र प्रथम त्रैमासिक एवं अर्ध बार्षिक परिक्षाको आधारमा मल्यांकन गरि जेठ मसान्त सम्म नतिजा प्रकाशन गरिसक्ने निर्णय गरेको हो ।

जस अनुसार कक्षा १ देखी ३ सम्म गतबर्ष झै निरन्तर मूल्यांकनका आधारमा र कक्षा ५, ६, ७ र ९ को पनि गतबर्ष झै निरन्तर मूल्यांकन, प्रथम त्रैमासिक र दिए ।

यस्तै कक्षा ८ को सन्दर्भमा अरु कक्षाको जस्तै मुल्यांकन विधि अपनाइ बिद्यार्थीको सैद्धान्तिक तथा प्रयोगात्मक अंक आइइएमआइएस प्रणालीमा जेठ मसान्त सम्म प्रविष्ट गर्ने र सोको हार्ड कपि सम्वन्धित प्रधानाध्यापकले प्रमाणित गरेर शिक्षा शाखामा पठाउन शारदा नगरपालिकाले अनुरोध गरेको छ ।

 

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्