नेपाली काँगे्रस कपुरकोटको कोभिड लक्षित अभियान सुरु,अभियान प्रभाबकारी बन्दै

सल्यान,२३ जेठ ।नेपाली काँग्रेस कपुरकोट गाउँपालिकाले घुम्ती स्वास्थ्य शिविर तथा स्वास्थ्य सामग्री वितरण अभियान सुरु गरेको छ ।नेपाली काँग्रेस कपुरकोटले जेठ २२ गतेदेखि २४ गते सम्म उक्त अभियान सञ्चालन गर्ने बताएको छ । ग्रामीण क्षेत्रमा कोरोनाको उच्च जोखिम भएकोले आवश्यक सुरक्षाका मापदण्ड अप्नाई जेठ २२ गते ५,६ नम्बर वडा,२३ गते १,२ र २४ गते ३,४ वडामा चिकित्सक सहितको टोलिले बिभिन्न स्वास्थ्य सम्बन्धि सेवा तथा सामग्री दिन लागेको त्याहाँबाट कपुरकोट तरुणदलका उपाध्यक्ष अनुराग बोहराले जानकारी गराएका छन ।यो शिविर प्रभाबकारी समेत भएको अभियानका सँयोजक दुर्गा गीरी र योगराज ओलीले जानकारी दिएका छन ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्