दार्मा ६ का स्थानियको गुनासो,संक्रमितलाई किन गरीएन वास्ता?

नविन के.सी/जेठ २४ सल्यान । जिल्लाको दार्मा गाउँपालिकाले कोरोना पोजेटिभ देखिएका ब्यक्तिहरुलाई ब्यवास्ता गरेको खुल्न आएको छ ।दार्माको ६ नम्बर वडामा यस्तो समस्या देखिएको हो । जिल्लामा अन्य सबै स्थानिय तहले कोरोना देखिएको ठाउँलाई सिल गर्ने , आइसोलेसन बेड सम्म पुर्याउने र जनप्रतिनिधिहरु को प्रत्यक्ष निगरानीमा होम आइसोलेसनमा रख्ने गरीएकोमा,दार्मा गाउँपालिकाको यस वडामा भने फितलो भएको स्थनिय नेत्र मल्ल र रमेश सिंह बताउछन ।
कोरोना गाउँ गाउँमा र टोल टोलमा मात्र होइन प्रत्येक घर घरमा पुगेको भन्न सकिन्छ यहि लापरबाही ले जुन ब्यक्ती लाई कोरोना पोजेटिभ छ त्यही ब्यक्ती गाउँ गाउँमा हिड्ने स्वास्थ्यका मापदण्ड पालना नगर्ने र स्थानीय सरकार ले पनि केही वास्ता नगरेको कुरा स्पस्ट छ । बजारमा कोरोना फैलिरहदा सम्म पनि बजार बन्द गर्न नसक्दा अरुलाई पनि कोरोना फैलन सक्ने सम्भावना अत्याधिक रहेको र आफुहरु त्रसित भएको उनिहरु बताउछन ।
जन्ता मरे जिम्मेवारी को रहने यहि लखर लखर चाल ले गर्दा कोरोना गाउँ बस्ती सम्म पुगेको हो। कुनै नीति लेखेर मात्र हुदैन त्यस्लाइ व्यबहारमा लैजानु पर्दछ । दार्मा गाउँपालिका ६ नम्बर वडा भित्रका केहि संक्रमित व्यति अरुबारे मेल्चौर आउने जाने गरेको र पोजेटिभ ब्यक्ती नै बजार रहदा पनि बजार बन्द हुनसकेको छैन ।जनप्रतिनिधि हाम्रो अभिभावक हो त्यसैले उहाँ को नजर यो महामारी तिर नभएर कता तिर होला उनिहरु बताउछन। यस्तै तरिकाले कोरोना भयावह हुदा जिम्मेवारी वडाका जनप्रतिनिधि कि स्थानीय सरकार हुनेरु हामीलाई जवाफ चाहिन्छ ।यदि कोरोना नै छैन भने दार्मामा किन चेक गर्नु पर्यो अनि यति जना उति जनाको पोजेटिभ आयो भन्नूको तुक छैन । अतःस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सम्बनिधत निकायको ध्यान जाओस ।

 

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्