असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न मन्त्रालयको निर्देशन

काठ्मान्डौ,२४ जेठ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना प्रक्रिया असार १ गतेदेखि अनिवार्य लागू हुने गरी छलफल भएको जानकारी दिए । ‘शैक्षिक असार १ देखि हुने भएकाले नयाँ भर्ना पनि त्यही दिनदेखि सुरु हुन्छ,’ उनले भने ।
छलफलमा मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् । उनले तत्काल देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका हुन् । सबै निकायलाई बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गरी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने गरी लाग्न सुझाव दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्ने बताए । सचिव थपलियाले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा। तुलसी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुनर्निर्माण हुने बताउँदै उनले त्यसका लागि योजना निर्माण भइरहेको जानकारी गराए । विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगीन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपूर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयार गरिरहेको पनि उनले बताए ।

 

 

 

 

 

केही दिनभित्र एसईईको परीक्षाको मिति तय हुने

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताएका छन् । मन्त्रालयमा भएको छलफलमा उनले गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी पूरा हुन लागेको जानकारी दिए ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्