सडक खण्ड स्तरोन्नतिको लागि २० लाख मा २० टिप्पर गिट्टी खरिद

नबिन के.सी/जेठ २५ सल्यान।मौलोहाले,गाउँपालिका कार्यालय फारुला हुदै दार्माकोट जोड्ने सडक स्तर वृद्धिका लागि कर्णाली प्रदेश सरकारले विभिन्न आर्थिक बर्षमा गरी लगातार तीन बर्षको ८ करोड बजेट छुट्याईसकेको छ ।विभिन्न आर्थिका वर्षमा छुट्याईएको उक्त रकम कटौती गरि माननीय गुलाबजङ शाहा ले आमखोली घाँजरीपिपल सडक खण्डमा रकमान्तर गरेका छन ।

उक्त सडक शाहा को घर तिर जाने सडक हो,रकमान्तर गरे पछि मौलोहाले , फारुला , दार्माकोट सडक स्तर वृद्धि गर्न भनि २० लाख रुपयाँ मात्र छुट्याईएको हो । २० लाख को काम श्रीनगर सल्यान का ठेकेदार डम्बर के सी र पेटि ठेक्का भल्चौर का कुमार चन्द र बिजय बि.क ले गरीरहेका छन । गरीरहेको काम गुणस्तरहिन भएको भन्दै स्थानियबासिहरु आक्रोसित भएका छन ।

यस्तै नेताकार्यकर्ता ले गर्दा दिगो बिकास को कल्पना गर्न नसकिने र गुनस्तरहिन कामप्रति गाउँपलिकाबासि चुप लागेर नबस्ने गाउँपालिका अध्यक्ष निम बहादुर केसीले खबर आजको लाई जानकारी दिए ।
“उनले भने माननीय गुलाबजङ्ग शाहा ज्यु तपाई यो बुझनुहोस दार्मा आफैंमा सम्पन्नसाली छ,त्यसैले यो २० लाख पनि रकमान्तर गरेर आफ्नै घरतिर हालियोस,दर्माली जन्ता भेडा होइनन् मान्छे हुन “।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्