नेपाली काँग्रेस कपुरकोटको अभियानमा झन्डै एक हजार जनाले सेवा लिए

सल्यान,२५ जेठ।नेपाली काँग्रेस कपुरकोट गाउँपालिका कार्यसमितिले गाउँपालिको ६ वटै वडामा अभियान कार्यक्रम गरेको छ ।कोरोनाको महामारीमा आफ्ना जनतालाई कोरोनाबाट बचाउन भन्दै स्वास्थ्यकर्मी चन्द्रकमल वली र खेमराज विक को सहभागितामा निःशुल्क स्वास्थ्य शिबिर सहित जनतासँग कांग्रेस कार्यक्रम गरिएको काँग्रेसका पूर्ब क्षेत्रिय सभापति तथा कार्यक्रम संयोजक दुर्गा बहादुर गिरीले जानकारी दिए ।गाउंपालिको ६ नंम्बर वडाबाट सुरु गरिएको कार्यक्रममा कपुरकोट गाउँपालिका भित्रका ९ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको गिरीले जानकारी दिए ।
विभिन्न ब्यक्तिको सहयोगमा गरिएको कार्यक्रममा १ लाख ५५ हजार बराबरको स्वास्थ्य सामाग्री, औषधी, मास्क, साबुन र सेनिटाइजर बितरण गरिएको तरुणदल सल्यान क्षेत्र नम्बर २ का सभापति तथा कार्यक्रम संयोजक एकराज वलीले जानकारी दिए ।


कार्यक्रममा सहभागि जनताले कांग्रेुसले सञ्चालन गरेको स्वास्थ्य शिबिरमा आफ्नो स्वास्थ्य निःशुल्क जचाउन पाउदा तथा स्वास्थ्य सामाग्री पाएकोमा खुसी ब्यक्त गरेको काँग्रेस कपुरकोटका सभापति मिन बहादुर सेनले जानकारी दिए ।कार्यक्रम जेठ २२ गते देखि २४ गते सम्म संचालन गर्ने भनिएपनि जनताको माग अत्याधिक भएकोले पुनः२५ गते पनि लम्ब्याईएको यज्ञबहादुर बोहराले बताए ।अहिले सम्मको यो कार्यक्रम्मले धेरै जनताको मन जितेको र आफ्नो स्वास्थयप्रति यो किसिमको लगानीले जनताहरु खुसि भएको कपुरकाट गाउँपालिकाका तरुणदल उपाध्यक्ष अनुराग बोहराले जानकारी दिए ।madal

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्