नेपाली कांग्रेसको महाविधेशन भदौ भित्रनै हुन्छ;सभापति देउवा

काठमाडौँ,२६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमा कांग्रेस महाविधेशन हुने बताएका छन् ।

तोकिएको मितिमा महाविधेशन हुने वा नहुने अन्यौलमा रहेका बेला सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीकै‍बीचमा भएपनि आगामी भदौमा नै महाविधेशन हुने बताएका हुन् ।
‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएको भन्दै सभापति देउवाले भनेका छन्,‘पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवाले महाविधेश गर्न नचाहेको आरोप लगाएका बेला सभापति देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति गलत रहेको बताएका हुन ।

महाविधेशनका लागि अब धेरै समय नरहेको भन्दै सभापति देउवाले असार र साउनभित्र सबै तयारी पूरा गर्नुपर्ने बताएका छन् ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्