सुर्खेतका लेकवेशी र भेरीगंगा नगरपालिकाले सार्वजनिक गरे आर्थिक वर्ष २०७८/२०७९ को बजेट

बिनोद घिमेरे/सुर्खेत,१० असार ।देशका बिभिन्न स्थानिय तहले आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।लेकवेशी नगरपालीका सुर्खेतले पनि आज आगामी आर्थिक वर्षका लागी ६३ करोड १६ लाख ८४ हजार १ सय ४५ रुपैँयाको बजेट ल्याएको छ । विहिवार देखी सुरु भएको नगरसभामा कुल विनीयोजीत बजेट मध्य चालु खर्च तर्फ २२ करोड २ लाख ७९ हजार ४ सय ६४ रुपैँया र पुजीँगत तर्फ ४१ करोड १४ लाख ४ हजार ६ सय ८१ रुपैँया विनियोजन गरिएको छ ।
कृषी कार्यक्रम अन्तरगत समृद्ध नगर सुखी नगरबासीको नगर अभियानलाई सफल पार्नका लागी खाद्यान्न आपुर्तीमा आत्मनिर्भर बनाउन कृषीमा आधुनीकीकरण गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै पर्यटन तर्फ लेकवेशीका पर्यटकिय स्थलहरु मालधुरी नेटा, भोटेदरबार, सात्तले गुफा, बागदुल्ला गुफा, ठ्युरो गुफा,लामीडाँडा थाम, लेकवेशी २ को स्कुल डाँडा लगाएतलाई पर्यटकिय रुपमा विकास गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै भौतीक पुर्वाधार तर्फ लेकलेशीको समृद्धी र सामाजिक तथा सांस्कृतिक विकास संग जोडिएको धुलियाबिट भेडाबारी बोटैचौर सडकलाई सम्पन्न गर्नका लागी संघिय सरकार संग परिणाममुखी पहल गर्ने निती नगरपालिकाले लिएको छ ।
नगरपालिको अर्को नगरसभा असार २१ गते बस्ने नगरपालिकाले जनाएको छ ।

भेरीगंगामा कतिको बजेट ?

त्यस्तै भेरिगंगा नगरपालीका सुर्खेतले पनि आर्थिक वर्ष २०७८/०७९ का लागी ५९ करोड भन्दा बढकिो बजेट ल्याएको छ । विहिवार नगरपालिको नवौँ नगरसभामा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले उक्त बजटे नगरसभामा प्रस्तुत गरेका हुन । विहिवार नगर सभामा प्रस्तुत भएको निति तथा कार्यक्रममा भेरिगंगा नगरपालीकाको वडा नम्वर १ र २ लाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने, त्यस्तै वडा नम्वर १,२,३,४,५,६ र ७ लाई बाख्रा पालनको विषेश पकेट क्षेत्रको रुपमा विकास गर्ने वडा नम्वर ४,८,९,१०,११,१२ र १३ लाई दुधको पकेट क्षेत्रको रुपमा विकास गरिने निती तथा कार्यक्रममा उल्ल्ेख गरिएको छ ।
खानेपानीका परम्परागत श्रोतहरुको संरक्षण गर्दै उक्त श्रोतमा आधारीत खानेपानी आयोजनाहरु निर्माणका लागी तत्काल सम्भाव्यता अध्ययनको काम अगाडी बढाउने पनी निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । पत्रकारिता क्षेत्रको विकासका लागी नेपाल पत्रकार महासंघ सुर्खेत संग सहकार्य गरी पत्रकार अक्षयकोषको स्थापना गर्ने लगाएतका निति तथा कार्यक्रमरु नगरसभामा पेश गरिएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्