पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सल्यान,२७ असार । पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेका छन् । जसमध्ये २३ हजार ४७१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७०२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५५३ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २६३, कास्कीमा १५२, ललितपुरमा ९७, झापामा ८५, चितवनमा ८३, कैलालीमा ७२, मोरङमा ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

 

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्