काम छोडेर चाकडी गर्न नआउनुहोस;अर्थमन्त्री शर्मा

काठ्मान्डौ,३१ असार ।नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रका लागि केही गर्ने उद्देश्य साथ आएको बताए ।

मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिबद्धता भएको मन्त्री शर्माले बताए । मन्त्री र कर्मचारीबीच कुनै दूरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइजस्तो भएर काम गर्न उनले आग्रह गरे ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्