देशभर थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सल्यान,९ साउन। पछिल्लो २४ घण्टामा देशभर थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै काठमाडौं उपत्यकाबाहिर कास्कीमा २७१, चितवनमा २४८, मोरङमा १६४, नवलपरासी पूर्वमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्