कर्णाली प्रदेशमा आजदेखि कोभिडविरुद्धको खोप अभियान सुरु

सुर्खेत,११ साउन ।कर्णाली प्रदेशमा आजदेखि कोभिडविरुद्धको खोप अभियान सुरु भएको छ । अभियान अन्तर्गत कर्णालीका ७६ हजार बढी नागरिकले खोप लगाउन पाउनेछन् । जसका लागि ५९ हजार डोज भेरोसेल र १७ हजार दुई सय डोज जोन्सन एन्ड जोन्सन खोप आएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आजदेखि १० वटै जिल्लाले आफूलाई पायक पर्ने स्थान र समयमा खोप अभियान सञ्चालन गरेका छन् । सुर्खेतका सबै स्थानीय तहले आजैबाट खोप अभियान सुरुवात गरेका छन् भने केही जिल्लामा भोलि (मंगलबार) देखि सुरु हुन लागेको छ ।

स्थलमार्ग हुँदै खोप ढुवानी हुने जिल्लाहरूमा खोप पुगिसकेको छ भने अन्य जिल्लामा पनि पठाउने तयारी भइरहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । ‘स्थलमार्ग हुँदै पठाउने सल्यान दैलेख, रुकुमपश्चिम र जाजरकोटमा आज खोप पुगेको छ’ सूचना अधिकारी चौधरीले भने, ‘हवाइमार्गबाट जाने जिल्लाहरू मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालिकोटमा पनि ढुवानी भइरहेको छ ।’खोप भण्डारणको अवस्था र क्षमता हेरेर खोप पठाइएको उनले बताए ।

 

भेरोसेल खोप लगाउन उमेर खुल्ने कागजात ९नागरिकता, सवारी चालक अनुमतिपत्र वा वडाको सिफारिस० अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । चौधरीका अनुसार विश्वविधालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई पनि यो चरणमा खोप लगाइनेछ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म १ लाख ७ हजार ३ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये २८ हजार ८ सय ४८ जनाले कोभिसिल्ड खोपको दोस्रो डोजसमेत लगाइसकेका छन् । उनका अनुसार २२ हजार ५ सय ७० ले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्