कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्यो

काठमाडौं,११ भदौ ।नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। कांग्रेसले १४ औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुको क्रियाशील सदस्यको नामावली शुक्रवार पार्टीको वेबसाइटमा प्रकाशित गरेको बताएको छ।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूची सार्वजनिक गरेको हो। साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको बताइएको छ।

यसअघि बिहीवार कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको थियो।

यता,भने सबै जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिकको माग गर्दै जिल्ला सभापतिहरुको अनसन भने सानेपामा जारी रहेको छ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्