दार्मामा सोचेजस्तो बिकास भएको छैन भन्दै गर्जिए लोकेन्द्र के.सी .

 

नबिन के.सी/सल्यान,१३ भदौ  ।  जिल्लाको दार्मा गाउँपालिका २ नम्बर वडाका युवा लोकेन्द्र के.सीले दार्मा सरकारको आलोचना गरेका छ्न ।उन्ले पहिलेदेखि नै नराम्रो कामको बिरोध र राम्रो काम गर्नेलाइ सहयोग गर्दै आएका छ्न । आउदो चुनावमा केसीले स्वतन्त्र उम्मेद्वारको रुपमा उठ्ने बताएका छ्न । के.सी अहिले रोजगारीको सिलसिलामा बिदेशमा रहेको र स्वदेशमा आएपछी जन्ताको सेवा गर्ने बताएका छ्न
उनको स्टाटस यस प्रकार छ ।
मेरो २ नम्बर बाट वाड अध्यक्ष उठने मनसाय छ। २ नम्बर लगाएत समग्र दार्माको नेतृत्व अब युवाहरूले गर्नुपर्छ। दार्मामा बिभेदको राजनीति धेरै भयो दार्मामा नातावाद,कृपावाद भाइचारावाद,स्वार्थवाद हावी भयो। दार्मामा सर्वहारा बर्गको खोल ओडेर दलाल पुजीवादीहरु हावी भए। जनताको सेवा गर्नलाई कुनै पार्टी संग आवद्ध हुनुपर्छ भन्ने छैन। निस्वार्थ भावनाका साथ स्वतन्त्र तरिकाले पनि देश र जनताको सेवा गर्न सकिन्छ। पार्टी भित्र रहेर पनि पार्टीका गलत कामको बिरोध गर्न सकेन भने त्यो कार्यकर्ता होइन त्यो झोले हो गुलाम हो त्यसैले पार्टीको गलतकामका विरुद्ध आवाज बुलन्द गर्ने नै पार्टीका असली कार्यकर्ता हुन। म कुनै नेताको गुलाम झोले चम्चा भएर राजनीति गर्दिन। म सम्पुर्ण युवा पंक्तिहरुलाइ आह्वान गर्न चाहनन्छु गलत प्रवृत्तिका विरुद्ध एकजुट हौ र दार्मालाइ शु-शासन र समृद्धिको दिशामा अगाडी बढाउ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्