२४ घण्टामा १३ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सल्यान,५ भदौ । देशभर गएको २४ घण्टामा १३ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार जम्मा १३ हजार ६२२ नुमना परीक्षण मध्य ९ हजार ६२६ पीसीआर गर्दा १ हजार ३६ र ३ हजार ९९६ जनाको एन्टीजेन परीक्षण गर्दा २९४ व्यक्तिमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार १८ सय ३० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण ५ जनाको निधन भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा र १३ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३५ आइसियूमा र १०७ जना भेन्टिलेटरमा उपचारत छन् ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्