मुगु बस दुर्घटनमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो;१३ जनाको उपचार हुदै

अङगराज परीयार/मुगु,२६ असोज ।मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार
मृतक्को संख्याअहिले सम्म ३२ पुगेको बताईएको छ। ४५ जना सवार भे १ ख ३१६७ नम्बरको यात्रुवहाक बस पिनाखोलमा दुर्घटनमाग्रस्त भएको हो ।  नेपालगञ्जबाट यात्रु बोकेर मुगु जाँदै गर्दा दुर्घटना भएको हो ।उनका अनुसार २८ जनाको पहिले नै मृत्यु भएको र थप चार जनाको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हुँदा मृतकको संख्या ३२ पुगेको हो ।
दुर्घटनामा घाइते १३ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज उपचारमा लगिएका मध्ये थप चार
जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भने, अन्य १३ जना उपचाररत रहेका छन् ।

घटना स्थलमा मृत्यु हुनेमा छाँयानाथ नगरपालिका–७ पिनाका १२ वर्षीय आशिस शाही, १३ वर्षीय सोविता बम, १२ वर्षीय अर्कि एक बालिका नाम खुल्न
बाकीँ, छाँयानाथ नगरपालिका–१ कि १६ वर्षीय मन्जु मल्ल, ८ का २२ वर्षीय सन्तोस विटालुको पहिचान खुलेको स्थानीय बलराम साहानीले जानकारी
दिएका छन ।थप जानकारीका लागी हाम्रा समाचारदाता अंगराज परीयार रिपोटिर्ङमै  रेहेको समेत जानकारी गराउदछौँ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्