प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण

काठमाडौं,१ कात्तिक । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ ।
यो प्रधानमन्त्रीका रुपमा देउवाको पहिलो विदेश भ्रमण हुनेछ । देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन बेलायत गएपछि देउवाको यो भ्रमण द्वीपक्षीय हुने छैन ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्