हुम्लामा पहिरोमा परि एकै घरका ६ जनाको ज्यान गयो

अङ्गराज परिया/हुम्ला,३ कात्तिक ।अविरल बर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिकामा ६ जना बेपत्ता भएका छन ।
लगातारको वर्षाका कारण पहिरो आउँदा हुम्ला जिल्लाको खार्पुनाथ ५ खर्पेलगाउँमा एकै घरका
६ जना बेपत्ता भएका हुन ।


खार्पुनाथ गाउँपालिका वडा नं। ५ खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो
खसेको हो ।पहिरो खस्दा धनबिरे शाही, कलबहादुर शाही, उनकी श्रीमती आसा शाही र उनका ११ , ५ र ३ वर्षीय
छोरा सहित ६ जना पहिरोमा पुरीदा बेपत्ता भएका छन । घर पछाडीबाट आएको पहिरोले घर
पुरीदा एकै घरका ६ जना बेपत्ता भएको खार्पुनाथ ५ खर्पेलगाऊका स्थानीय हर्क शाहीले जानकारी
दिएका छन । थप जानकारी भने आउन बाँकि नै छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्