सल्यानमा बस दुर्घटना १२ को मृ’त्यु २८ जना घाइते

सल्यान,२१कात्तिक ।सल्यानमा बस  दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने ७ जना घाइतेलाइ हेलिकप्टरद्वारा थप उपचारका लागी नेपालगंज रिफर गरिएको छ । दुर्घटनामा मृत्यु हुने २ जनाको सनाखत भएको छ। सनाखत हुनेमा दाङ तुलसीपुर निबासी इन्दिरा अधिकारी ७६ वर्षकी ठेगाना नखुलेकी कला बुढाथोकी रहेका छन ।

घाइते हुनेको संख्या चालक सहित ३१ पुगेको छ ।

सल्यानको दुलधारा पोखरा देखी दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान करीब ११ बजे  कपुरकोट गाउँपालिकाको खारखोला नजिकै दुर्घटना भएको थियो।

घाइते र मृतकको नाम खुल्न सकेको छैन।  घाइते हरुलाई उपचारकालागी नेपालगन्ज र श्रीनगर लगिएको प्रहरिले जनाएको छ भने अन्य मृत्कहरुको पोस्टमाटम  भैरहेको र  मृतक र घाइतेको बिवरण संकलन गरीरहेको बताइएको छ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्