साँझ ७ बजे देखि बिहान ५ बजे सम्म दाङ लकडाउन हुने

दाङ,३० साउन। काेराेना जाेखिमलाई मध्यनजर गर्दै भदाै १ गतेबाट साँझ ७ः०० बजे देखि बिहान ५ः०० बजे समयलाई लकडाउन गरिने भएकाे छ । उत्त समयमा बजार, यातायात र हिड्डुल समेत पुर्ण रुपले बन्द   गरिने भएकाे छ ।

काेराेना संकट ब्यवस्थापन समितीलेशुक्रवार यस्ताे निर्णय गरेकाे हाे ।  वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको वैठकले चाडपर्वको नाममा समाजमा बढि रहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ ।

वैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ ।

नजिकिदै गरेकाे चाडपर्वमा हुने भिडभाडले काेराेना जाेखिम निमत्याउन सक्ने भएकाेले यस्ताे निर्णय गरिएकाे प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनु भयाे ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्