काठमाडौं,३१ साउन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४ पुगेको छ ।
मृतकमध्ये दुई जना पर्साका छन् भने एक जना कपिलवस्तुका छन् ।
पर्साको वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको शनिबार बिहान ७ बजे बाटोमै मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।