यादव उपाघ्याय/सल्यान,२ भदौ ।शारदा नगरपालिकाका कोरोना फोकल पर्सन रबिन बिस्टले नगरले स्थापना गरेको बिपद व्यवस्थापन कोषमा १० हजार रुपैया सहयोग उपलव्ध गराउनु भएको छ।उहाले आफ्नो आज परेको जन्मदिनको अवशरमा सो सहयोग उपलव्ध गराउनुभएकोहो।
कोरोना महामारिले देश आक्रान्त रहेको र महामारी नियन्त्रण र ब्यवस्थापनमा स्थानिय सरकारहरु आर्थिक समस्यामा रहेको आफुले नजिक बाट अनुभव गरेकाले आफुले सकेजती सहयोग गर्न इच्छा जागेको उहाले बताउनुभयो।जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्च कटौती गरि कोरोना नियन्त्रणमा आफ्नो आर्थिक सहभागिता जनाउदा सन्तुष्टि लागेको भन्दै उहाले सक्ने हरुलाई बिपद कोषमा सहयोग गर्न अनुरोध पनि गर्नुभयो।
नगरपालिकाले बिपदकोष स्थापना गरि कोरोना महामारी लगाएतका दैबिक तथा प्राकृतिक समस्या हरुको समाधानमा उक्त कोषको परिचालन गर्दै आएकोछ।