काठमाडौं, ५ भदौ। संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जनक कोइराला २० वर्ष अमेरिकाको सिकागोस्थित साउथर्न इलिनो युनिभर्सिटीमा काम गरेर हालसालै नेपाल फर्किएका छन् ।
नेपालमा उनी कोभिड–१९ को संक्रमण देखिएसँगै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को अनुसन्धानमा आवद्ध छन् । क्लिनिकल ट्रायल कन्सल्ट्यान्टका रुपमा उनले रेमडिसिभर र प्लाज्मा थेरापी अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले प्लाज्मा थेरापी र रेमडिसिभरलाई अनुसन्धानका लागि प्रयोग गर्ने भनिरहेको छ । यो अनुसन्धान कसरी हुन्छ र यसबाट को–को लाभान्वित हुन्छन् रु नेपालमा कोरोना संक्रमणबाट सिकिस्त बनेका बिरामीका लागि प्लाज्मा थेरापी र रेमडिसिभर प्रयोग गर्नेबारे स्वास्थ्य मन्त्रालयले कस्तो तयारी गरिरहेको छ रु
यिनै विषयमा केन्द्रित रहेर डा। कोइरालासँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश स्
कोभिड–१९ विरुद्ध रेमडिसिभर र प्लाजामा थेरापी उपचार पद्दतिले काम गरेको चर्चा छ, एनएचआरसीले क्लिनिकल ट्रायल गर्दैछ । अहिले के–कसरी काम भइरहेको छ रु
एनएचआरसीले कोभिड–१९ सम्बन्धी थुप्रै अनुसन्धान गरिरहेको छ । म डाक्टर भएको नाताले उपचारात्मक अनुसन्धानमा ‘प्रिन्सिपल इन्भेस्टिकेटर’ का रुपमा आवद्ध छु ।
कोरोना भाइरसविरुद्ध पूर्ण उपचार छैन । हाम्रो शरीरकै इम्युन सिस्टमले भाइरसलाई हराउने हो । तर, संक्रमित सिकिस्त हुँदा स्टोरोइड दिइन्छ, अक्सिजन दिइन्छ । अन्य औषधि पनि प्रयोग गरिन्छ । तर, भाइरस मार्ने अहिलेसम्म दुई उपचार पद्दतिले राम्रो नतिजा दिएको छ, त्यो प्लाज्मा थेरापी र रेमडिसिभर हो ।
यसबाहेक अन्य उपचार पद्दतिले पनि काम गरेको छ । तर, सबै उपचार पद्दतिले सबै देशमा मान्यता पाएका छैनन् । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रसन ९एफडीए० जस्ता संस्थाहरुले मान्यता दिएपछि मात्रै त्यस्ता औषधिलाई मान्यता दिइन्छ । नेपालमा पनि औषधि व्यवस्था विभागले पनि साधारणतया एफडीएले मान्यता दिएका औषधिहरुलाई सहजै मान्यता दिन्छ ।
तर, योपटक एफडीएले रेमडिसिभर र प्लाज्मा थेरापीलाई आकस्मिक प्रयोजनका लागि मात्र प्रयोग गर्न अनुमति दियो । हामीकहाँ आकस्मिक प्रयोजनका लागि अनुमति दिने कानूनी व्यवस्था नै रहेनछ । यसले पनि केही अन्योल भयो । तर, हामीले गाइडलाइन बनायौं र स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्यो ।
यो उपचारचाहिँ कति जटिल हो रु
कोरोनाको संक्रमण भएर निको भएको मानिसमा त्यसको एण्डीबडी विकास हुन्छ । संक्रमण निको भएको मानिसबाट २ देखि ४ हप्तापछि मात्र रगत लिन मिल्छ । यसरी निकालिएको रगतबाट रातो सेल हटाएर २०० एमएल ‘प्लाज्मा’ निकालिन्छ र, संक्रमितलाई दिइन्छ । यो एकदमै सस्तो र हामीले गर्न सक्ने उपचार हो ।
उसो भए संक्रमितको संख्या बढ्दै गएका बेला प्लाज्मा थेरापीबाट सफल उपचार गर्न सकिन्छ भनेर खुशी हुने कि नहुने रु
कुनै पनि उपचार पद्दति नभेट्टाएर अलमल परेको अवस्थामा केही उपचार पद्दतिले काम गरिरहेको खबर आफैंमा सुखद हो । तर, प्लाज्मा थेरापीका केही समस्या छन् । त्यसमा पनि मुख्य समस्या के भइदियो भने डोनर अर्थात प्लाज्मा दिने मानिस भेट्टाउनै मुस्किल भएको छ ।
प्लाज्मा दिनका लागि कोरोना संक्रमण भएर निको भएका व्यक्ति हुनुपुर्छ र उसको पीसीआर नेगेटिभ आएको हुनुपर्छ । एचआईभी जस्ता रोग हुनुहुँदैन । अरुले प्लाज्मा दिन मिल्छ । तर, कतिजना निको भएर गाउँ गइसकेका छन्, कतिजना ‘प्लाज्मा’ दिन तयार छैनन् । यसले गर्दा ‘डोनर’ पाउन गाह्रो छ ।
जब कि प्लाज्मा डोनरहरुलाई एनएचआरसीले आफैंले ‘ब्लड ब्यांक’सम्म पु¥याइदिन्छ । नेपाल रेडक्रसको ब्लड बैंकले रगत झिकेर ‘प्लाज्मा’ छुट्याइदिन्छ । र, चिकित्सकहरुले पनि एक–डेढ घण्टामा संक्रमितलाई प्लाज्मा दिन्छन् ।
अहिलेसम्म देशभरका १५ वटा अस्पताल प्लाज्मा थेरापी गर्न सहमत भएका छन् । तर, सबैभन्दा गाह्रो काम भनेकै प्लाज्मा डोनर जुटाउनु हो । डोनरहरु भेटिने हो भने प्लाज्मालाई ब्लड बैंकमा राख्न मिल्छ । त्यसलाई ‘फ्रोजन प्लाज्मा’ भनिन्छ, जुन चाहिएका बेला प्रयोग गर्न सकिने भएकाले त्यसमा पनि काम गर्दैछौं ।
डोनर नै मुख्य समस्या हो भने त संक्रमित निको भएर जाने बेलामै आवश्यक चेकजाँच गर्ने र प्लाज्मा दिन सहमत गराउने व्यवस्था मिलाउन सकिन्न रु
हो, अहिले हामीलाई भएको समस्या यही हो । एउटा अस्पतालबाट निको भएर गएको हुन्छ । अनि एनएचआरसीले सम्पर्क गर्दा प्लाज्मा दिन सहमत नहुने रहेछन् ।
तपाईहरुले भनेजस्तै सम्बन्धित अस्पताल र चिकित्सकले नै निको भएर जानेबेलामै प्लाज्मा थेरापीको काउन्सिलिङ गर्ने हो भने सहज हुने देखियो । त्यसैले हामीले पछिल्लो हप्ता कोभिडका बिरामीहरुको उपचार गर्ने सबै अस्पतालहरुलाई निको भएर जाने संक्रमितलाई प्लाज्मा थेरापीबारे काउन्सिलिङ गर्न र उनीहरुको सम्पर्क नम्बर पनि लिएर राख्न आग्रह गरेका छौं ।
कतिपयले यसअघि नै गर्नु पनि भएको छ । टेकु अस्पतालका डाक्टर अनुप बास्तोला, ह्याम्स अस्पतालका डाक्टर अनुप सुवेदी र ग्राण्डी अस्पतालका डाक्टर विपीन अधिकारी आफैं सक्रिय हुनुहुन्छ, बिरामीहरुसँग सम्पर्कमा रहनुभएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म १८ हजारभन्दा बढी संक्रमित निको भइसके । तर, केही सय संख्यामा पनि प्लाज्मा दिन नभेटिनु भनेको चेतनाको कमी पो हो कि रु
कतिपय चेतनाको कमीका कारण तयार नभएका हुन् भने कतिपयलाई ‘प्लाज्मा’बारे जानकारी पनि छैन । किनकि हामीकहाँ प्लाज्मा थेरापी सुरु भएको भर्खरै हो । त्यसले गर्दा साउनअघि निको भएकाहरुलाई प्लाज्मा थेरापीबारे काउन्सिलिङ हुन पाएन ।
अब रेमडिसिभरको कुरा गरौं । सरकारले समयमै यो औषधि ल्याउने अनुमति नदिँदा कालोबजारी भयो भन्ने गुनासो पनि धेरै आएको छ । खास कुरो के हो रु
यो प्लाज्मा थेरापीभन्दा बिल्कुल फरक हो । रेमडिसिभर ‘एन्टी भाइरल’ औषधि हो र अहिले संसारभरि निस्किएको औषधिमध्ये कोरोनामा यो सबैभन्दा प्रभावकारी देखिएको छ । तर, यो पनि प्लाज्मा थेरापीजस्तै पूर्ण उपचार होइन । यो पनि आईसीयूमा राखिने सिकिस्त बिरामीलाई मात्र प्रयोग गरिन्छ ।
सुरुमा विश्व स्वास्थ्य संगठनको सोलिडारिटी ट्रायलमार्फत रेमडिसिभर ल्याउने कुरा भएको थियो, पछि रोकियो । अहिले सरकारले अनुसन्धानका लागि ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ । औषधि व्यावस्था विभाग र एनएचआरसीको समन्वयमा यो औषधि ल्याउने काम अन्तिम चरणमा छ ।
अनुसन्धानका लागि ल्याइने भनेपछि सबै संक्रमितले रेमडिसिभर नपाउन पनि सक्छन् रु
रिसर्चकै रुपमा भने पनि संक्रमितकै जीवन बचाउने प्रयासकै रुपमा यो औषधि ल्याउन लागेका हौं । त्यसैले, आवश्यक पर्ने सबैलाई निःशुल्क उपलब्ध गराउने प्रयास हुनेछ । यसमा हाम्रो योजना के छ भने आईसीयूमा भर्ना हुने संक्रमितहरुलाई पहिले रेमडिसिभर दिने र त्यसपछि प्लाज्मा थेरापी गर्ने । अरु, अस्पतालले रिसर्च गर्छौं भनेर एनएचआरसीसँग स्वीकृति लिए भने उनीहरुलाई पनि अनुमति दिक्छौं ।
रेमडिसिभर र प्लाज्मा थेरापी आवश्यक पर्ने सबै संक्रमितले पाउने अवस्था कहिले आउँछ रु
प्लाज्मा थेरापी शतप्रतिशत संक्रमितले गर्न सक्ने अवस्था आउन गाह्रो छ किनकि डोनर भेट्न मुस्किल छ । जबसम्म प्लाज्मा डोनर पाइँदैन, तबसम्म यो सम्भव हुन्न । त्यसैले बढीभन्दा बढी सिरियस बिरामीलाई प्लाज्मा थेरापी गर्ने र आवश्यक पर्ने सबै बिरामीलाई रेमडिसिभर दिने हाम्रो योजना हो । पहिलो चरणमा १०० संक्रमितलाई पुग्ने रेमडिसिभर आउँछ होला ।
दुबै क्लिनिकल ट्रायलबाट गम्भीर अवस्थामा पुगेका कति संक्रमितलाई बचाउन सकिएला रु
संसारका अरु देशमा पनि प्लाज्मा थेरापी रेमडिसिभर क्लिनिकल ट्रायलका लागि यसको प्रयोग भइरहेको छ । हाम्रो अध्ययनले राम्रो नतिजा दिएको छ । तर, शतप्रतिशतलाई बचाउन सकिन्न । हाम्रो प्रयास भनेको धेरैभन्दा धेरै संक्रमितलाई यो विधिबाट उपचार गर्ने र धेरैभन्दा धेरै संक्रमितलाई बचाउने नै हो । यसमा आशावादी त हुन त सकिन्छ, तर शतप्रतिशत खुशी हुने अवस्था छैन ।
स्रोतः अनलाइन खबर
#khabar ajako