पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ९२६ कोरोना संक्रमितको मृत्यु

10

काठमाडौं,७ भदौ । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ९२६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो ।

अघिल्लो २४ घण्टामा ५ हजार ५५४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९५ हजार १३२ जनाको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड २८ लाख १२ हजार ४९१ पुगेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्