कोरोना भाइरस: ७४३ जनामा संक्रमण पुष्टि, १७५ जना डिस्चार्ज, ८ जनाको मृत्यु

काठमाडौं, ८ भदौ । आज देशभर ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

उहाँका अनुसार आज प्रदेश ५ मा मात्र ३८ जनामा कोरोना पुष्टि भएको छ । जसअनुसार अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, नवलपरासी पश्चिममा ५, पाल्पामा २, त्यस्तै बर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६ र रोल्पामा २ जनामा गरी ३८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । हाल देशभर गरी १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै, ११ हजार २ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा प्रदेश ५ को रुपन्देही जिल्लाका मात्र ४ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो । जसअनुसार रुपन्देहीका ६७ वर्षीया एक महिला र ३८, ५३, ५४ वर्षका ३ जना पुरुष रहेका छन् । यस्तै सनुसरीका ६८ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, पर्साका ७० वर्षीया एक महिला र काठमाडौंका ४८ वर्षीया एक महिला गरी ८ जनाको मृत्यु भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्