काठ्मान्डौ,८ भदौ । नेपालमा कोभिड-१९ भ्याक्सिनको क्लिनिकल ट्रायल हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘ट्रायल’को रूपमा भ्याक्सिन सुरू गर्न लागिएको जनाएको छ।
यो ट्रायल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को गाइडलाइनअनुसार विश्वव्यापी मान्यताको आधारमा हुने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए।
भ्याक्सिनको ट्रायल गर्न नहुने आवाज उठेको भन्दै गौतमले ट्रायलमा स्वतःस्फूर्त सामेल हुन चाहनेहरूलाई मात्रै समावेश गर्ने भएकाले कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन्।