कर्णालीमा फेरि थपिए ५१ कोरोना संक्रमित:संक्रमित झण्डै तीन सयको नजिक

सुर्खेत,८ भदौ।  कर्णालीमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको ५ सय १३ जनाको स्वाव परीक्षणमा ५१ जनामा कोरोना पुष्टि भएको हो।  प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, चितवन कन्चनपुरका २/२ जना, बर्दिया, सल्यान, कैलाली, सर्लाही र रुपन्देहीका १/१ जना गरी ११ जना, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम गरिएको परीक्षणमा रुकुमपश्चिमका १८ जना, जाजरकोटका १५ जना, बर्दिया, डडेल्धुरा, धादिङ, उदयपुरका १/१ जना गरी ३७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट ३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए।  कर्णालीमा कोरोना संक्रमित हुनेको जम्मा संख्या २ हजार २ सय ९५ पुगेको छ। सोमबार कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या १९ जना रहेको महाशाखा प्रमुख शाहीले बताए।  कोरोना संक्रमण निको हुनेको संख्या पनि १ हजार ९ सय ९२ रहेको छ। हाल संक्रिय संक्रमितको कर्णालीमा संख्या २ सय ९७ रहेको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्